प्रहरीका १२ एसपीको काज सरुवा, कञ्चनपुर प्रहरी प्रमुख पहरा गणमा « Khabarhub

प्रहरीका १२ एसपीको काज सरुवा, कञ्चनपुर प्रहरी प्रमुख पहरा गणमा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

प्रहरीको नयाँ काज सूची अनुसार, कंचनपुरमा निर्मला पन्त हत्या काण्ड कंचनपुर पठाइएका कुबेर कठाएतलाई सामाखुसीस्थित महानगरीय प्रहरी पहरा गणमा सरुवा गरिएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले दिनेश आचार्यलाई खटाएकाे छ ।

त्यस्तै एसपी मुकेश कुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर, दिनेशराज मैनालीलाई झापा, गोपालचन्द्र भट्टराई सर्लाही र कृष्णहरी शर्मालाई बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी केदार ढकाल महानगरीय अपराध महाशाखा, भूपेन्द्र खत्री रौतहटमा, प्रहरी दीपक रेग्मी प्रशिक्षण प्रतिष्ठानमा र ध्रुवराज राउत दंगा नियन्त्रण गण हेटौंडामा काज सरुवा भएका छन् । त्यसैगरी एसपी योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २५ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो