दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग « Khabarhub

दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानस्थित नेपाली दूतावासको छाप र पदाधिकारीहरूको हस्ताक्षर दुरूपयोग गरी नक्कली डिमाण्ड प्रमाणीकरण गरेको पाइएको छ।

दूतावासले सोमबार एक सूचना जारी गर्दै पछिल्लो समय केही गिरोहहरूले नेपाली दूतावास मस्कटको छाप र पदाधिकारीहरूको हस्ताक्षरको दुरूपयोग गरी नक्कली डिमाण्ड कागजात प्रमाणीकरण गरी नेपालस्थित म्यानपावरहरूलाई पठाउने गरेको जनाएको छ।

त्यस्ता डिमाण्ड प्रमाणीकरण सम्बन्धी कागजातहरू विशेष गरी बिहीबार नेपालमा उपलब्ध गराउने र आइतबार मात्र दूतावासबाट वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा अपलोड हुने भनी झुक्याएर आर्थिक ठगी गर्ने गरेको गुनासो दूतावासमा प्राप्त हुने गरेको जनाएको छ।

साथै म्यानपावरबाट उक्त कागजात एफइआईएमएसमा अपलोड गर्न दूतावासमा अनुरोध गर्दै इमेल प्राप्त हुने गरेको भन्दै दूतवासबाट प्रमाणीकरण हुने डिमाण्डहरू प्रत्येक दिन भोलिपल्ट बिहानसम्ममा एफइआईएमएसमा अपलोड भइसक्ने र बिहीबार भएका डिमाण्डहरू सोहि दिन साँझसम्म एफइआईएमएसमा अपलोड गरिसकिने गरिएकोले यस किसिमका गिरोहसँग सतर्क रहन सम्बन्धित सबैमा यो सूचना जारी गरिएको दूतावासले जनाएको छ।

साथै,दूतावासबाट प्रमाणीकरण भएका कुनै मागपत्र सम्बन्धमा थप जानकारी चाहिएमा नियोगको इमेल [email protected] मार्फत जानकारी लिन सकिने समेत समेत दूतावासले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : २१ बजे

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी