सेयर बजारमा २४.४४ अंकको गिरावट « Khabarhub

सेयर बजारमा २४.४४ अंकको गिरावट


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो दिनको सेयर बजार कारोबार दोहोरो अंकले घटेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ विन्दुमा पुगेको छ।

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाईड्रोपावर शीर्ष स्थानमा छ। जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ।

बुधबारको कारोबारमा सबै उपसुचकहरु घटेको छ। सबैभन्दा धेरै निर्माण प्रशोधन र माइक्रो फाइनान्सको २ प्रतिशतले कारोबार रकम घटेको छ । आजको कारोबारमा आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ। 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ३ : ४५ बजे

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ