पूर्वकप्तान लामिछाने त्रिकोणात्मक सिरिज खेल्न यूएई प्रस्थान « Khabarhub

पूर्वकप्तान लामिछाने त्रिकोणात्मक सिरिज खेल्न यूएई प्रस्थान


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न यूएई प्रस्थान गरेका छन् ।

उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान गरेका छन् ।

नेपालले सिरिजअन्तर्गत भोलि आफ्नो दोस्रो खेल आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुनसक्ने जनाइएको छ । टिममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

सन्दीपलाई टिममा समावेश गर्न आईसीसीले अनुमति दिइसकेको छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ११ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।