मुलुकमा संघीयताको जग तयार छ : प्रदेश प्रमुख गुरुङ | Khabarhub Khabarhub

मुलुकमा संघीयताको जग तयार छ : प्रदेश प्रमुख गुरुङ


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा संघीयताको जग तयार भएको बताएका छन् । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै उनले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गरे । 

पाँच वर्षअघि शून्य संरचनाबाट सुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताए। प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।

‘प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानुन निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरूले पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु’, प्रदेश प्रमुख गुरुङले भने । प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापनाजस्ता कार्यलाई उपलब्धिको रुपमा लिनुपर्ने उनले बताए ।

प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएर प्रदेशवासीमा सकारात्मक सन्देश दिएको उल्लेख गरे । ऐन, कानुन निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उनको भनाइ छ ।

‘प्रदेशलाई बलियो बनाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीबाट पटकपटक प्रधानमन्त्रीलाई भेट गरी प्रदेशका समस्या र समाधानका उपायका सम्बन्धमा जानकारी गराउने काम भएको छ’, प्रदेश प्रमुख गुरुङले भने ।

जनअपेक्षाअनुरूप विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने उनले बताए । ‘संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकअधिकारको व्यवहारमा अवलम्बन गर्न-गराउन बाँकी नै छ, सेवा प्रवाहलाई सहज र सरल बनाउनु जरुरी छ’, प्रदेश प्रमुख गुरुङले भने ।

उनले ‘समृद्ध प्रदेश, सुखी नागरिक’ को लक्ष्य प्राप्तिका लागि वर्तमान गण्डकी सरकार प्रतिबद्ध रहेको बताए । विकास र समृद्धि कुनै राजनीतिक दल वा समूह विशेषको निजी विषय नभई नागरिकको साझा विषय भएको प्रदेश प्रमुख गुरुङले उल्लेख गरे ।

गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनले बताए । प्रदेश प्रमुख गुरुङले सबैको संयुक्त प्रयासबाट गण्डकीले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : १३ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक