एमालेको ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु « Khabarhub

एमालेको ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो ।

कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताएका छन् । ‘एमाले तल्लो तहका कार्यकर्ताले जोगाएको पार्टी हो, यसमा अझै धेरैलाई जोड्न जरुरी छ’, उनले भने ।

पार्टी छोड्ने नेताले एमाले सकिन्छ भनेर सोच्ने गरेको बताउँदै नेता भट्टराईले यो अभियानले पार्टी झनै बलियो बन्ने दाबी गरेका छन् । राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझै प्रभावकारी बनाउन युवालाई पार्टीप्रति आकर्षण गर्न जरुरी रहेको उनले बताउँदै ।

देश र जनताको हितलाई केन्द्रमा राखेर एमालेले नीति कार्यक्रम बनाएको बताउँदै नेता भट्टराईले यसबारे तल्लो तहका कार्यकर्तालाई जानकारी गराउन तथा राष्ट्रिय एकता र विकास निर्माणमा पार्टीले खेलेको भूमिकाबारे आमनागरिकलाई जानकार बनाउन अभियानलाई सफल पार्न आग्रह गरे ।

‘मुलुक इतिहासकै अप्ठ्यारो मोडमा छ, अहिले अन्तर्राष्ट्रिय शक्ति मिलेर हामीलाई एक्ल्याउन खोजेका छन् । प्रतिकूलतालाई अनुकूलतामा बदलेर अघि बढ्न पार्टीलाई सबैको साथ आवश्यक छ’, उनले भने । एमालेका पेलिट्ब्युरो सदस्य बैजनाथ चौधरीले पार्टी अराजकताको अन्त्य गरी पार्टीलाई सशक्त बनाउन अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘पहिले एक समयमा सिङ्गो मुलुकको हेडक्वाटर बुटवल थियो । यो ठाउँले धेरै दिग्गज नेता जन्माएको छ, यस्तो ठाउँमा सिन ग्रासरुटले अझै सकारात्मक प्रभाव पार्नेछ’, उनले भने ।

अभियानअन्तर्गत प्रदेश तथा जिल्लास्तरका पार्टीका नेताले वडादेखि पालिकास्तरसम्मका कार्यकर्तालाई प्रशिक्षण दिइनेछ । स्थानीय तह, सङ्घ र प्रदेश निर्वाचनमा हार बेहोर्नुको कारण र त्यसको कमीकमजोरीबारे पनि अभियानमा कार्यकर्तामाझ व्यापक छलफल गरी सुदृढीकरणमा जागरुक गराइने एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताएका छन् । अभियानअन्तर्गत यही २० गते बुटवल उपमहानगरका-१९ वटै वडा र २८ गते उपमहानगरका दुई सय ९९ टोलमा अभिमुखीकरण गरिने नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

यस्तै चैत १० गतेभित्र सदस्यता विस्तार तथा नवीकरण, १५ गतेसम्म भेला बैठक, २५ सम्म वैचारिक प्रशिक्षण तथा विकास र निर्माण र जनजीविकाका सम्बन्धमा छलफल, सहिद परिवार तथा विशिष्ट व्यक्तिलाई सम्मान, पत्रकार तथा बुद्धिजीवीसँग सुझाव संकलन गरिनेछ । दुई महिने अभियानको अन्त्यमा गरेका कामको प्रतिवेदन सार्वजनिक गरिने छ । अभियान सफल बनाउन बुटवलमा ४० जना केन्द्र, प्रदेश र जिल्ला कमिटीका सदस्यका छनोट गरी जिम्मेवारी दिइएको छ । अभियान वैशाख ९ गते समापन हुनेछ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : २२ बजे

प्रचण्डका नजरमा कांग्रेस-एमाले यथास्थितिवादी, रास्वपा विध्वंशकारी र राप्रपा प्रतिगामी शक्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को

नेकपाको योजना : आर्थिक वृद्धि १० प्रतिशत, भ्रष्टाचारलाई ‘क्यान्सर’को संज्ञा, कृषि क्रान्तिबाट देशलाई भोकमुक्त बनाउने

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

‘निष्पक्ष र भयरहित निर्वाचनबाट लोकतान्त्रिक व्यवस्था संस्थागत गर्नुपर्छ’

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले निष्पक्ष, भयरहित र स्वच्छ ढंगले निर्वाचन

भ्रमको राजनीति होइन, सत्य र परिवर्तनको पक्षमा उभिनुपर्छ : नेतृ लामा

सर्लाही– नेपाली कम्युनिष्ट पार्टीकी नेतृ आरती लामाले आगामी निर्वाचनको सन्दर्भमा

ओलीले भने : मतदाताको भावना भड्काएर होइन, तथ्य देखाएर भोट मागौँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका