नेविसङ्घले स्ववियु निर्वाचनका लागि प्रतिनिधि खटायो « Khabarhub

नेविसङ्घले स्ववियु निर्वाचनका लागि प्रतिनिधि खटायो


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनलाई लक्षित गरी उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि आज उपत्यकाका ३५ क्याम्पसमा नेविसङ्घका नेतालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको हो ।

नेविसङ्घ केन्द्रीय स्ववियु निर्वाचन प्रचारप्रसार समितिका संयोजक इञ्जिनीयर भुवन भट्टले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीका लागि फागुन १९ गते क्याम्पसमा सङ्गठन दर्ता गर्दा उत्साहजन सहभागिता गराउन र आफ्नो उम्मेदवारलाई विजय गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए ।

नेविसङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रविन कैनी, पद्मकन्या क्याम्पसमा करिना पुरी, त्रिचन्द्र क्याम्पसमा सुवास पौडेल, शङ्करदेव क्याम्पसमा विष्णुहरि खड्का, महाराजगञ्ज चिकित्सा क्याम्पसमा विनोद शाही ठकुरी, पशुपति बहुमुखी क्याम्पसमा जयराम बडाल, वाल्मिकी क्याम्पसमा अर्चना रेग्मी, ग्रामीण आदर्श क्याम्पसमा सुशान्त आचार्य र अमृत क्याम्पसमा ताराबहादुर थापालाई प्रतिनिधिका रुपमा तोकेको छ ।

यस्तै पाटन क्याम्पसमा प्रविन ज्ञवाली, विश्वभाषा क्याम्पसमा धर्मराज शाही, सरस्वती क्याम्पसमा शोभा बस्ताकोटी, काठमाडौँ शिक्षा क्याम्पसमा सुजन बञ्जारा, आरआर क्याम्पसमा गणेश टन्डन, नेपाल ल क्याम्पसमा राजकुमार बस्नेत, नेपाल कमर्श क्याम्पसमा तीर्थ मिश्र, कोटेश्वर क्याम्पसमा एञ्जर कार्की, सानोठिमी क्याम्पसमा जगतजङ्ग विष्ट, आयुर्वेद क्याम्पसमा राजकुमार भट्टराई र पिपल्स क्याम्पसमा पवन थापालाई प्रतिनिधिका रुपमा तोकिएको छ ।

यसैगरी ललितकला क्याम्पसमा सुवास पुरी, मनहरा क्याम्पसमा विजेन केसी, वानेश्वर क्याम्पसमा उत्तम कार्की, भक्तपुर क्याम्पसमा अनिल सापकोटा, एनआर क्याम्पसमा सुनील शर्मा, जनप्रशासन क्याम्पसमा कृष्ण सुवेदी, पब्लिक युथ क्याम्पसमा सुजन बुढामगर, महेन्द्ररत्न क्याम्पसमा गणेश भण्डारी, जनमैत्री क्याम्पसमा उत्तम सुवेदी र कैलाशकुट क्याम्पसमा विन्दा बोगटीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको संयोजक भट्टले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ५७ बजे

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका