बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो « Khabarhub

बिपिडब्लु लघुवित्तको आईपीओ खुल्यो


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिपिडब्लु लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको र बिहीबारबाट सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार प्रतिसेयर १००अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ।

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ। कर्मचारीका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सुरक्षित गरिसकेको छ।

बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

यसमा फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन्। उक्त अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा चैत २ गतेसम्म भर्न पाइनेछ।

यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ११ : ५३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि

एकैदिन छापियो ५ हजारभन्दा बढी ई-पासपोर्ट

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य