जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- देउमाई नगरपालोका-४ मंगलबारेस्थित मामाभान्जा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुमार चेम्जोङसमेत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ८ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।    

 झापाको अर्जुनधारा नगरपालिका-६ युनिक टोल बस्ने जनक पाण्डेको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल बेघासमेत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ३ : ४७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ।