विश्वकप लिग-२ : युएईसँग नेपाल पराजित « Khabarhub

विश्वकप लिग-२ : युएईसँग नेपाल पराजित


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग फराकिलो अन्तरले पराजित भएको छ । दुबै अन्तर्राष्ट्रिय मैदानमा युएईले बनाएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले ६० रन बनाउनु सर्वाधिक रह्यो ।

उनीबाहेक अन्तिम नम्बरमा ब्याटिङका लागि आएका सन्दीप लामिछानेले २६ रनको अविजित इनिङ खेले । उनीबाहेक आसिफ शेखले १७ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो । अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका लागि जुनाइद सिदिकीले २ विकेट लिँदा रोहन मुस्तफा र कृथिक मियापानले समान ३–३ विकेट लिए । त्यस्तै, सविर अली, जाहुर खानले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । युएईका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा भृतीया अर्विन्द १८ रनको स्कोर तयार गरे ।

त्यस्तै, रोहन मुस्ताफा ५२ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहँदा कप्तान चुन्डनगापोयी रिजवानलाई २२ रन बनाएका थिए । आर्यन लाक्राले २८ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट हात पारेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : २३ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने