छक्का पञ्जा-४ र छडके-२ आजबाट प्रदर्शन « Khabarhub

छक्का पञ्जा-४ र छडके-२ आजबाट प्रदर्शन


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन्।

दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके-२ आजबाट प्रदर्शनमा आउन लागेका हुन्। दुबै सिक्ववेल मुभी हुन।

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ।

उता, निर्भान फिल्म स्कुलको छडके-२ मुख्य कलाकारमा अनमोल केसी छन्। चकलेटी हिरोको छवी बनाएका अनमोल छडके-२ वाट ग्यांगस्टार मुहारमा देखिदैछन। प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके-२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्। दुवै सिक्ववेल मुभी हुन।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ४८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका