स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग « Khabarhub

स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहुमुखी क्याम्पससमक्ष माग गरेको छ । क्याम्पस प्रशासनलाई शुक्रबार ध्यानाकर्षण-पत्र बुझाउँदै अनेरास्ववियु क्रान्तिकारीले आगामी चैत ५ गते तोकिएको स्ववियु चुनावलाई महत्वपूर्ण अवसरको रुपमा लिँदै समयमै निर्वाचनको कार्यक्रम अघि बढाउन माग गरेको हो ।

त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचनको समय तालिका र निर्वाचनको कार्यक्रम तय गरिसकेको अवस्थामा सोही समय तालिकाअनुरूप निर्वाचन प्रक्रिया अगाडि बढाएर निर्वाचनको वातावरण बनाउन अनुरोध गरिएको अनेरास्ववियु क्रान्तिकारी स्ववियु निर्वाचन संयोजन तथा परिचालक समितिले जनाएको छ । 

अनेरास्ववियु क्रान्तिकारीले जिल्लामा क्रियाशील विद्यार्थी संघरसंगठनलाई समेत स्ववियु निर्वाचनका सन्दर्भमा गम्भीर तथा जिम्मेवार बन्न आग्रह गरेको छ । ‘आज स्वतन्त्र विद्यार्थी युनियनजस्तो विद्यार्थीको अधिकारलाई व्यवस्थित गर्ने निकायको निर्वाचन हुन नसक्दा सिंगो विद्यार्थी आन्दोलनको अस्तित्वमाथि नै संकट उत्पन्न हुँदै गएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मुलुकको ठूला ठूला राजनीतिक तथा सामाजिक परिवर्तनमा अहम भूमिका खेल्ने विद्यार्थी आन्दोलन कमजोर हुनु भनेको सिंगो मुलुक नै दिशाहीन हुने परिस्थितिको सुरुवात हुनु हो । यसप्रति सबै विद्यार्थी संगठनलाई जिम्मेवार हुन अनुरोध छ ।’

निर्वाचनलाई मर्यादित तथा व्यवस्थित गर्नका लागि अनेरास्ववियु क्रान्तिकारीले रविन खम्बूको संयोजक तथा डार्विन चाम्लिङ सह–संयोजक रहेको स्ववियु निर्वाचन संयोजन तथा परिचालन समिति गठन गरिसकेको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ४ : ५३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन