बागमती प्रदेश सरकारले ल्याएका दुई विधेयक प्रमाणिकरण  « Khabarhub

बागमती प्रदेश सरकारले ल्याएका दुई विधेयक प्रमाणिकरण 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणिकरण गरेका छन् । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उनले प्रमाणिकरण गरेका हुन् ।

प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले ऐनको रुपमा लिएको छ । बागमती प्रदेशको प्रदेशसभाबाट सो दुवै विधेयक फागुन १४ गते सर्वसम्मतले पारित गरिएको थियो । उक्त दुवै विधेयकसभाबाट पारित भएपछि बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रमाणित गरी प्रदेश प्रमुख शर्मा समक्ष प्रमाणिकरणका लागि पेश गरेका थिए ।

शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले  राससलाई आज जानकारी दिए । 

निजामती विधेयकले प्रदेश निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष कायम गरेको छ । साथै एक सय ३९ वटा दफा रहेको सो विधेयकमा अधिकृत तहमा छैटौँ तहदेखि ११ तहसम्म रहने तथा प्रदेशका मन्त्रालयमा एघारौँ तहका प्रदेश निजामती सेवाका कर्मचारी सचिव रहने व्यवस्था विधेयकले गरेको बताइएको छ ।

यसैगरी स्थानीय तहका सेवाका गठन तथा सञ्चालनमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश भित्रका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी प्रदेश सरकारबाट नियुक्ति गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ५ : ५६ बजे

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी