खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न आग्रह « Khabarhub

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न आग्रह


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग आग्रह गरेका छन् ।

जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउनेछ । उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।

विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थ मन्त्रालयका सचिवबीच गत वर्ष फागुनमै हस्ताक्षर भएको थियो । महानगरप्रमुख कोइरालाले जाइका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रमुख कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराए। उनले जाइकाले निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने जिकिर गरे । 

भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा छलफल भएको महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताए । प्रमुख कोइरालाले आज नै युएसआइडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गर्नुभयो । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाइ, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुआत गरेको बताएका थिए । 

प्रमुख कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकार प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको बताए। उनले समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि सेपिदाहसित कुरा गरेको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ५० बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

प्रतिनिधिसभा : असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौं– सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गराउन कामु प्रन्याले लिएका यी आधार, अर्का न्यायाधीश शर्मामाथि उठाइन् प्रश्न

काठमाडौं–  प्रस्तावित प्रधानन्यायाधीश नियुक्ति प्रक्रियासँग सम्बन्धित रिट निवेदनहरू दर्ता नगरी

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता आदेशमा रास्वपाका सांसद्को आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध