युक्रेनमा युद्ध सुरु भएयता पहिलो पटक अमेरिका र रुसका विदेशमन्त्रीबीच प्रत्यक्ष संवाद « Khabarhub

युक्रेनमा युद्ध सुरु भएयता पहिलो पटक अमेरिका र रुसका विदेशमन्त्रीबीच प्रत्यक्ष संवाद


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष युक्रेनमा रुसले थालेको आक्रमणपछि अमेरिका र रुसका विदेशमन्त्रीबीच पहिलो पटक संवाद भएको छ । भारतमा भएको जी २० का विदेशमन्त्रीहरुको बैठकका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभबीच अनौपचारिक संवाद भएको हो ।

यद्यपि दुई विदेशमन्त्रीबीच ‘कुनै विषयमा वार्ता वा वास्तविक बैठक’ भने नभएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । दुई देशका विदेशमन्त्रीबीच १० मिनेटभन्दा कम समय संवाद भएको जनाइएको छ ।

जी २० का विदेशमन्त्रीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले रुसी समकक्षी लाभ्रोभसँग संवाद भएको पुष्टि गरे ।

संवादका क्रममा आफूले लाभ्रोभलाई युक्रेनमा जारी आक्रमण रोक्न आग्रह गरेको पत्रकार सम्मेलनमा ब्लिन्केनले जानकारी दिए । यसबाहेक रुसलाई आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धीमा पुनः सहभागी हुन पनि आग्रह गरेको ब्लिन्केनको भनाइ छ ।

यसबाहेक संवादका क्रममा ब्लिन्केनले रुसमा बन्दी बनाइएका अमेरिकी नागरिक पउल ह्वेलानको अवस्थाप्रति पनि चासो व्यक्त गरेको जनाइएको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले दुई देशका विदेशमन्त्रीबीच संवाद भएको पुष्टि गरेपनि यसबारे थप विवरण भने नदिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ४६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल