सामाजिक सेवामा ६५ लाख बढी खर्च « Khabarhub

सामाजिक सेवामा ६५ लाख बढी खर्च


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ सेवा समिति हङकङले सामाजिक सेवामा ६५ लाख बढी खर्च गरेको छ ।

रोजगारीको सिलसिलामा हङकङमा बस्दै आएका लमजुङीहरुको संस्था लमजुङ सेवा समिति हङकङले स्थापना कालदेखि हालसम्म जिल्लाका विभिन्न सामाजिक कार्यमा ६५ लाख ५० हजार ७ सय ६९ रुपैयाँ खर्च गरेको हो ।

हङकङमा रहेको लमजुङे संगठित भई १९९८ मा स्थापना भएको सेवा समितिले गृह जिल्लामा तमू संग्रहालय भवन निर्माणदेखि, खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् लगायतको क्षेत्रमा सहयोग गरेको छ  ।

समितिले जिल्लामा स्थापना गरेको सम्पर्क समितिमार्फत सहयोग गर्दै आएको छ । समितिमार्फत सिधै ४० लाख ५ हजार रुपैयाँ र समितिले स्थापना गरेको अक्षयकोषबाट सम्पर्क समितिमार्फत २५ लाख ४५ हजार ७ सय ६९ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको लमजुङ सेवा समिति हङकङका अध्यक्ष श्यामकुमार गुरुङले बताए।

समितिले लमजुङको बेंसीसहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया गरी पछिल्लो ९ वर्षमा गरेको कामबारे जानकारी गराएको छ ।

समितिले २०७० मा १५ लाखबाट सुरु गरको अक्षयकोष हाल ४४ लाख पुगेको जनाएको छ । अक्षयकोषबाट प्राप्त व्याज सामाजिक सेवामा खर्च गर्दै आएको समितिले हालसम्म १ सय ८ जनालाई आर्थिक सहयोग मात्र १३ लाख ४२ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । जसमध्ये उपचारको लागि ८२ जना, आगलागी पीडित २ जना, १३ जनालाई छात्रवृत्तिमा सहयोग गरेको हो ।

२०७३ भदौ १७ गते खुदी स्रोत केन्द्र अन्तर्गत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई एक तालिम आयोजना गर्दा १ लाख १६ हजार ९ सय ९५ रुपैयाँ खर्च भएको थियो । त्यस्तै सम्पर्क समितिले विभिन्न समयमा १८ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा ५ लाख ८८ हजार ६८ रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : ५५ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा