साउदीमा रहेका नेपालीलाई विवरण भर्न दूतावासको अनुरोध  « Khabarhub

साउदीमा रहेका नेपालीलाई विवरण भर्न दूतावासको अनुरोध 


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबमा कार्यरत नेपालीलाई हुरुब लागेको वा ईकामा नबनाइदिएको भएमा तत्काल दूतावासको वेभसाइटमा विवरण भर्न नेपाली दूतावासले अनुरोध गरेको छ ।

इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको छ तर कम्पनी वा कफिलले इकामा नवीकरण गरिदिएको छैन भने दूतावासमा नाम टिपाउन भनिएको हो ।

यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन सकिन्छ ।

यस्तो अवस्थामा भएका नेपालीहरूको विवरण साउदीमा रहेको नेपाली दूतावासले सङ्कलन गरिरहेको छ । आफूलाई भएको समस्यासहित साँचो विवरण टिपाउन दूतावासले अनुरोध गरेको छ ।

त्यस्तो समस्या भएका व्यक्तिले दूतावासको वेबसाइट https://sa.nepalembassy.gov.np/registration-form मा आफ्नो विवरण भर्न सकिन्छ ।

पछिल्लो समय दूतावासको अनुरोधमा साउदी अरबको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा (एक्जिट भिसा)  उपलब्ध गराउँदै आएको छ ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : ०७ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली