रुब्दी-गोखुङ्गा सडक खण्ड निर्माण गरिँदै « Khabarhub

रुब्दी-गोखुङ्गा सडक खण्ड निर्माण गरिँदै


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– मदन भण्डारी लोकमार्गअन्तर्गत अर्घाखाँचीको रुब्दी-गोखुङ्गा सडक खण्ड निर्माण अघि बढाइएको छ । सन्धिखर्क नगरपालिका-१० रुब्दीदेखि पोखेडाडा, भण्डार, रतनमारे हुँदै मालारानी गाउँपालिकाको गोखुङ्गासम्मको २७ दशमलव छ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । 

 मदन भण्डारी लोकमार्गका प्रमुख इन्जिनियर सशांक मिश्रका अनुसार उक्त सडक खण्ड निर्माण सम्पन्न भए सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिका, प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । मदन भण्डारी लोकमार्ग गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीबाट बल्कोट, अर्घा, रतनमारे, गोखुङ्गा हुँदै प्युठान, रोल्पा भएर सुर्खेत पुग्ने छ ।      

सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन प्रालीसित एक अर्ब नौ करोडको सम्झौता भएको सो लोकमार्गका सूचना अधिकारी इन्जिनियर विरेन्द्रप्रसाद गुप्ताले जानकारी दिए। सडकको चौडाइ ११ मिटर हुनेछ । हाल रिडीबाट गुल्मीको खज्र्यांग हुँदै अर्घाखाँचीको बल्कोटसम्म सडक निर्माण भइरहेको छ । सडक निर्माणसँगै सदरमुकाम सन्धिखर्क बजार पनि विस्तार गरिने छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ४ : २३ बजे

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम