रुब्दी-गोखुङ्गा सडक खण्ड निर्माण गरिँदै | Khabarhub Khabarhub

रुब्दी-गोखुङ्गा सडक खण्ड निर्माण गरिँदै


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– मदन भण्डारी लोकमार्गअन्तर्गत अर्घाखाँचीको रुब्दी-गोखुङ्गा सडक खण्ड निर्माण अघि बढाइएको छ । सन्धिखर्क नगरपालिका-१० रुब्दीदेखि पोखेडाडा, भण्डार, रतनमारे हुँदै मालारानी गाउँपालिकाको गोखुङ्गासम्मको २७ दशमलव छ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । 

 मदन भण्डारी लोकमार्गका प्रमुख इन्जिनियर सशांक मिश्रका अनुसार उक्त सडक खण्ड निर्माण सम्पन्न भए सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिका, प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । मदन भण्डारी लोकमार्ग गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीबाट बल्कोट, अर्घा, रतनमारे, गोखुङ्गा हुँदै प्युठान, रोल्पा भएर सुर्खेत पुग्ने छ ।      

सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन प्रालीसित एक अर्ब नौ करोडको सम्झौता भएको सो लोकमार्गका सूचना अधिकारी इन्जिनियर विरेन्द्रप्रसाद गुप्ताले जानकारी दिए। सडकको चौडाइ ११ मिटर हुनेछ । हाल रिडीबाट गुल्मीको खज्र्यांग हुँदै अर्घाखाँचीको बल्कोटसम्म सडक निर्माण भइरहेको छ । सडक निर्माणसँगै सदरमुकाम सन्धिखर्क बजार पनि विस्तार गरिने छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ४ : २३ बजे

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौं– नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा

मोरङको सुन्दरहरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

काठमाडौं– मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको

चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या

काठमाडौं– विश्वमा चोटपटकका घटनाको भार घट्दै गएपनि, सीमित सुरक्षा चेतना

झापा महिला गोल्डकप सोमबारदेखि

बनियानी– ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’