ग्रिसमा आँधीले ६ पर्यटकको ज्यान लियो « Khabarhub

ग्रिसमा आँधीले ६ पर्यटकको ज्यान लियो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रिसको तटपारी आएको भयानक आँधीमा परी ६ पर्यटकको ज्यान गएको छ ।  ग्रिसको हाल्किडिकी प्रायद्विपमा आएको आँधीमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् ।

एक्कासी आएको आँधीले रुख, भवन र सवारी साधनलाई उडाएको थियो । १ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट सो क्षेत्रमा गर्मी मौसममा घुम्न आएका पर्यटकहरु प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा चेक गणतन्त्र, रोमानिया र रुसका दुई – दुई पर्यटक रहेको जनाइएको छ ।

मारिनेहरु अधिकांश रुखले किचेर तथा भवनको छानो भत्केर मारिएको अधिकारीले जनाएका छन् । हाल त्यस क्षेत्रको सडकमा सल्लाका रुखहरु ढलेको र भौतिक संरचनामा क्षति पुर्‍याएको बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ६ : ४७ बजे

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६

मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी

जनकपुरधाम – मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन

झापाका किसानलाई रासायनिक मलको अभाव

झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक