सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रणसम्बन्धी कृतिम अभ्यास « Khabarhub

सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रणसम्बन्धी कृतिम अभ्यास


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।

दीपायल सिलगढी नगरपालिका(४ को सहकार्यमा शुक्रबार दीपायल राजपुर बजारमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सचेतनामूलक कार्यक्रमको कृतिम घटना अभ्यास गरिएको हो ।

खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागीसम्बन्धी नमूना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टर डोटीका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले बताए।

उनले भने , “सिलिन्डर ग्यासका कारणले हुने आगलागीजन्य विपद्बाट कसरी सुरक्षित रहन सकिन्छ रु सिलिन्डरमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आमनागरिकलाई जानकारी गराउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।”

विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरुको बारेमा जानकारी हुन आवश्यक रहेको समेत प्रहरी नायब उपरिक्षक सिंहले बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टरले डोटीमा समय समयमा प्राकृतिक प्रकोपजन्य कार्य आगलागी, भूकम्प, बाढीपहीरोबाट सुरक्षित रहन सचेतनाका लागि कृतिम घटना अभ्यास गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : २८ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर,

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार