सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभाको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको हो।

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले विश्वासको मत दिएका हुन्। प्रदेश सभामा उपस्थित ५२ जना प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री शाहको पक्षमा ४१ मत खस्दा विपक्षमा ११ मत खसेको हो।

 एमालेका १० र  राप्रपाका एक जना सांसदले विश्वासको मत दिएनन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : १६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००