नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा, चलचित्र दर्ता आह्वान « Khabarhub

नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा, चलचित्र दर्ता आह्वान


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । 

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । 

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए । उनका अनुसार महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ।

गत वर्ष गोरखाको लाप्राकमा महोत्सव गरिएको थियो । 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ३८ बजे

अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप

काठमाडौं– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै

‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आईटी सेवा निर्यात भइरहेको छ’

काठमाडौं– सरोकारवालाहरूले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँ