मुलुकलाइ द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन् : उपमाहासचिव पोखरेल « Khabarhub

मुलुकलाइ द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागीपरेका छन् : उपमाहासचिव पोखरेल


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाइ द्वन्द्वतर्फ धेकेल्न केही सक्ति लागिपरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध भएको फैसलालाइ संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए ।

आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले संक्रमणकालिन न्यायका काममा ढिला भएको स्विकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्‍याउनुपर्ने तर्क गरे ।

‘द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,’ उनले भने । कांग्रेससहितको ८ दलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्‍याउँदैन ।’

८ दलीय गठबन्धनमा अझैँ राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी थपिनेमा पनि उपमाहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन्  शक्तिपृथकिकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससगँ पुग्दा प्रकान्तरले देशलाई फाइँदा नै पुग्ने जिकिर गर्दै उपमाहासचिव पोखरेलले शक्ति दुरुपयोग गर्ने प्रवृत्तिलाई यस्ले चेक एण्ड व्यालेन्समा राख्ने दाबीसमेत गरे ।

जन्ताले खोजे जस्तो नहुँदा मूलधारका पार्टीको बहुमत नआएको दाबी गर्दै सरकारले प्रणाली निर्माणलाई चुस्तदुरुस्त र अर्थतन्त्रमा देखिएका जटिल समस्यालाई हल गर्ने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ३० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५