मुस्ताङमा बन्न लागेको बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन : मुस्ताङ साक्या बौद्ध संघ « Khabarhub

मुस्ताङमा बन्न लागेको बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन : मुस्ताङ साक्या बौद्ध संघ


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साक्या बौद्ध संघले मुस्ताङमा सञ्चालन हुन लागेको बौद्ध कलेजको विषयमा विभिन्न सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ती निकाल्दै विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएका समाचारको खण्डन  गरेको हाे।

बौद्ध दर्शनको संरक्षणका लागि भौतिक संरचना निमार्ण गर्न भारतीय दुतावासलाई अनुरोध गरेको र सो अनुसार स्थानीय दाताहरुले भूमिदान गरी बौद्ध कलेज स्थापना गर्न लागिको संघले प्रस्ट पारेको छ । ‘यस्ता प्रकारका समाचारले स्थानीय समुदाय, विभिन्न धर्म सम्प्रदाय तथा छिमेकी मित्र राष्ट्रका बिचसमेच कुटनितिक दरार सिर्जना गर्ने हुँदा समाचार प्रकाशित गर्नुपूर्व गम्भिरताकासाथ सोच्न समेत अनुरोध गर्छौ ।’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

समाचारका साथै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार यसै विषयमा दिएको अभिव्यक्तिको समेत ‘संघ’ले खण्डन गरेको छ। ओलीको टिप्पणीले जनमानसमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ।

ओलीले शनिबार स्थानीय तह कर्मचारी संघ, नेपालले एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजना गरेको कार्यक्रममा ‘उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको’ टिप्पणी गरेका थिए।

संघले भनेको छ, ‘कलेज कुनै पनि विदेशी विद्यार्थीको अध्ययनलाई लक्षित नगरी मुस्ताङ क्षेत्र र नेपालको जुनसुकै स्थानबाट बौद्ध दर्शन अध्ययन गर्न इच्छुक बौद्ध भिक्षु र भिक्षुणी विद्यार्थीहरूका लागि लक्षित रहेको छ । नेकपा एमालेका अध्यक्ष वरिष्ठ नेता केपी शर्मा ओलीज्यूको सम्बोधनका क्रममा अभिव्यक्त टिप्पणी अनुसार यो परियोजना कुनै विश्वविद्यालय स्थापना नभई दुई वर्ष पहिले नै स्थापित मुस्ताङ बौद्ध कलेजको लागि भवन निर्माण कार्यका लागि मात्र केन्द्रित रहेको र यस परियोजनामा भारत सरकारको कुनै पनि कूटनैतिक र रणनीतिक स्वार्थ निहित नरहेको कुरा मुस्ताङ साक्या बौद्ध संघ स्पष्ट पार्न चाहन्छ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ५७ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको