चिस्यान घर बनेपछि केरा किसानलाई सहज « Khabarhub

चिस्यान घर बनेपछि केरा किसानलाई सहज


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा केरा पकाउने चेम्बर (चिसानगृह) सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर सञ्चालनमा आएको हो ।

चिस्यान घर सञ्चालनमा आएपछि भीमदत्त–३, ६, ७, ८, ९ र १० का करिब डेढ सय केरा किसान लाभान्वित भएको खप्तड कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण साउदले जानकारी दिए ।

“कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ”, साउदले भने, “चिस्यान घर नहुँदा यहाँका केरा किसानलाई समस्या हुने गरेको थियो ।” उनले उक्त चिस्यान घरमा दैनिक तीन हजार पाँच सय दर्जन केरा राख्न सकिने बताए ।

“अहिलेसम्म बिचौलियाहरूले एकलौटी रूपमा किसानको केरा उठाउँदै आएका छन्”, उनले भने, “गाउँमै सञ्चालनमा आएको चिस्यान घरले यहाँका किसानलाई राहत मिल्नेछ ।”

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ५३ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर