समयमै उपचार पाउँदा भेडापालक किसान खुसी « Khabarhub

समयमै उपचार पाउँदा भेडापालक किसान खुसी


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् ।

छायाँनाथ रारा नगरपालिका–६ कोटिला गाउँमा सहयोगी हातहरूको समूह (सहास) नेपालको आर्थिक सहयोग, जिल्ला भेटेरिनरी तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा र छायाँनाथ रारा नगरपालिकाको सहकार्यमा दुई हजार नौ सय भेडाबाख्राको उपचार गरिएको छ । किसानलाई भेडाबाख्राको उपचारका लागि अल्बेन्डाझोल, भिटामिन बी कम्प्लेक्स, यनोक्सियम, कोट्न, हिमेक्स, जेन्टामाइसियनजस्ता औषधि र विभिन्न रोगविरुद्ध निःशुल्क उपचार गरिएको थियो ।

जिल्लाकै भेडापालन पकेट क्षेत्र रहेको छायाँनाथ रारा नगरपालिका–६ मा गतवर्ष बिरामी भई दर्जनौँ भेडाबाख्रा मरेका थिए । गतवर्षको जस्तो स्थितिमा कृषकले क्षति नबेहोरेको सहास नेपालका परियोजना अधिकृत राजकुमार थापाले बताए । उहाँका अनुसार सो पकेट क्षेत्रमा २६ हजार भेडाबाख्रा भएकाले पुनः अर्को मुन्दु बस्तीमा पनि भेडाबाख्राको उपचार भइरहेको उनको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाका भेडापालक स्थानीय हरिभक्त कार्कीले समयमै उपचार पाउँदा किसान खुसी भएको बताए । उनले भने, “यो वर्ष समयमै भेडाबाख्राको उपचार गर्न पाउँदा भेडा रोगको प्रकोपबाट बच्ने आशा जागेको छ ।”

छायाँनाथ रारा नगरपालिका–६ का भेडापालक कृषक चङ्ख बुढाले गतवर्ष बजारमा भेडाबाख्रा उपचारका लागि सदरमुकाम गमगढी बजारमा औषधि नपाउँदा रोगका कारणले तीन वटा भेडा मरेको बताए । “अहिले गोठमै आएर हाम्रा भेडाबाख्राको उपचार गर्न पाउँदा निकै सहज भएको छ, हामी धेरै खुसी भएका छौँ”,उनले भने ।

जिल्ला भेटेरेनरी तथा पशु कार्यालयका प्राविधिक हरिबहादुर खत्रीले जिल्लाको सबैभन्दा बढी भेडापालन छायाँनाथ रारा नगरपालिका–६ मा भेडा पालक कृषक धेरै भएकाले उक्त ठाउँलाई छनोट गरिएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : १९ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ