जसपा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस | Khabarhub Khabarhub

जसपा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आम चुनावमा पार्टीभित्र रही अन्तर्घात गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ ।

उक्त कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो । कार्यदलले एक सय ५२ जना आरोपी नेतासँग बयान लिनाका साथै अन्य प्रमाण र थप जानकारीका लागि दुई सय ४७ जनासँग पनि भेटेर कुराकानी गरेको थियो । कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

कोसी प्रदेशको पाँचथर, सुनसरी र मोरङ, मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको मकवानपुर, धादिङ, काभ्रे, लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा गएर कार्यदलले छानबिन गरेको थियो । प्रतिवेदन बुझ्दै जसपा अध्यक्ष यादवले पार्टीको अगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेको प्रतिवेदनलाई कार्यान्वयन गरिने बताउनुभएको कार्यदलका संयोजक थापाले जानकारी दिए ।

यसअघि विसं २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा छानबिन गर्न कार्यदल गठन भएको थियो । तर त्यो कार्यदलले बुझाएको प्रतिवेदन भने कार्यान्वयनमा आएको थिएन । विसं २०७४ सालको चुनावमा भएको छानबिनमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्ने तथा आठ जनालाई पार्टीबाट निष्कासन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ४३ बजे

मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-२

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि