होलीको शुभकामना दिँदै सभामुख घिमिरेले भने- 'भावी पुस्तासम्म लैजाऔँ' | Khabarhub Khabarhub

होलीको शुभकामना दिँदै सभामुख घिमिरेले भने- ‘भावी पुस्तासम्म लैजाऔँ’


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।

“होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ, “यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास लिएको छु ।”

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरकफरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ”, सन्देशमा छ । साथै, जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको उल्लेख छ ।

“विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो”, सन्देशमा भनिएको छ, “परम्परागत चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो, तर चाडबाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नै पर्दछ ।”

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रङ्गहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङ्गहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ४७ बजे

महामन्त्री बुर्लाकोटीद्वार लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग

जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं– शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यालय बालकुमारीमा आज

सुदूरपश्चिमका नेताहरूलाई प्रचण्डले भने– आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस् 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एससीओका लागि विकास बैंकमा विस्तारित भूमिका बढाउने चिनियाँ राष्ट्रपति सीको चाहना

तियान्जिन- चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार तियानजिनमा आयोजित साङ्घाई सहयोग

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का–  लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका