रियल म्याड्रिड बेटिससँग गोलरहित बराबरीमा रोकियो | Khabarhub Khabarhub

रियल म्याड्रिड बेटिससँग गोलरहित बराबरीमा रोकियो


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

रियलको २४ खेलबाट ५३ अंक छ । रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ०५ बजे

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको

विद्यालय तहको स्वास्थ्य शिक्षा पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल,

‘कुलिङ अफ पिरियड’ को विरोध गर्ने होइन, व्यवस्थित बनाऊँ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज