युनाइटेडमाथि लिभरपुलको ७ गोल | Khabarhub Khabarhub

युनाइटेडमाथि लिभरपुलको ७ गोल


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

इ‌ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।

पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै न्युनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औं मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।

उता, खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७–० को फराकिलो जीत हासिल गर्न सफल भयो ।

यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ भन् युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ४६ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले