आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् ।

फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।

मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उल्लेख गरिएको उनले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्व र विशेषतालाई प्रवद्र्धनका लागि उनले जोड दिएका छन् । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त भएका राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिप्रति चनाखो हुनुपर्ने सुनाए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १० : ०९ बजे

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा