चिन्डोलाई जापान पुर्‍याएर प्रचार गर्ने मेयर भट्टराई सम्मानित « Khabarhub

चिन्डोलाई जापान पुर्‍याएर प्रचार गर्ने मेयर भट्टराई सम्मानित


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ– किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो) लाई जापान पुर्‍याएर प्रचार-प्रसार गरेकामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सम्मानित भएका छन् ।

गत माघमा भएको जापान भ्रमणका क्रममा जापानी मेयरलाई उपहार स्वरुप वाबु (चिन्डो) हस्तान्तरण गरेर फर्किएका मेयर भट्टराईलाई किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमिति, काठमाडौँले सम्मान गरेको हो । 

किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एवं किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमितिको आयोजनामा आइतबारदेखि शुभम् फाउण्डेसनमा सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलाको अवसरमा मेयर भट्टराईलाई सम्मान गरिएको हो । मेयर भट्टराईलाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र खाम्बातिमका संघीय कार्य समिति अध्यक्ष युवराज राईले फेटा बाँधेर सम्मान-पत्र हस्तान्तरण गरेका थिए । 

मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले प्रिफेक्चर तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई उपहार स्वरुप नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका थिए ।

जापानी नगर प्रमुखसँगको औपचारिक भेटमा किरात राईको ऐतिहासिक एवं सांस्कृतिक सामग्रीहरू उपहार स्वरुप प्रदान गरी देशको सांस्कृतिक सम्पत्तिलाई प्रवर्द्धन गरेकामा तीन लाख चाम्लिङ भाषीको साझा संस्थाकोतर्फबाट सम्मान गरिएको खाम्बातिमका अध्यक्ष राईले बताए । 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १२ : ०१ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६