आईसीसी विश्वकप लिग-२ : यूएईमाथि नेपालको शानदार जित | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग-२ : यूएईमाथि नेपालको शानदार जित


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ ।

त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ । त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।

यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौँ स्थानमा झरेको छ । यूएईको ३२ खेलमा ३१ अंक छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ०३ बजे

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शंकर पोखरेलले पार्टी प्रवेश