‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’ « Khabarhub

‘भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु’


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लम्की– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा नगरसमितिले आयोजना गरेको नेता तथा कार्यकर्तासँग मुख्यमन्त्रीको भेटघाट एवं बधाई कार्यक्रममा उनले संघीयतालाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए । 

अहिले जनप्रतिनिधिको गतिविधिका कारण संघीय संरचनाप्रति नै जनताको विश्वास घट्दै गएको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, ‘हिजो जिम्मेवारीमा नरहँदा पनि म तपाईँहरूसँगै थिए, आज पनि तपाईँहरूको साथमा छु ।

भोलि पनि तपाईँसँगै रहनेछु ।’ बौनियामा एक कार्यक्रममा आफू सहभागी हुँदा एक बूढी आमाले माटो समाएर टीका लगाउँदै बधाई दिएको स्मरण गर्दै मुख्यमन्त्री शाहले यो धर्तीको माटोलाई शिरमा राख्दै समग्र सुदूरपश्चिमको पक्षमा आफू सशक्तरूपमा अगाडि बढ्ने बताए । ‘जनताको इच्छा आकांक्षा विभिन्न छन् तर पनि प्रदेश सरकारले सीमित स्रोतसाधनका बावजुद सही सदुपयोग, सही परिचालन गरी अगाडि बढ्नुको विकल्प छैन’, मुख्यमन्त्री शाहले भने्।

संघीयतालाई बदनाम गर्ने, प्रदेशलाई बदनाम गर्ने गलत गतिविधि भइरहेको उल्लेख गर्दै उनले विगतका सरकारमा बस्ने जनप्रतिनिधिले संघीयता कार्यान्वयन गर्न जनतालाई विश्वास दिलाउन सके कि सकेनन् भनेर ठूलो चुनौतीका साथै प्रश्न चिह्न खडा रहेको बताए ।

उनले भने, ‘म तपाईंलाई भ्रष्टाचारका विषयमा विश्वास दिलाउन चाहन्छु, तपाईंलाई भन्न चाहन्छु मैले जीवनमा केही लिएको छैन । दिएको मात्र छु । म एक रुपैयाँ, चौवन्नी पैसासमेत राज्यको कुनै ठाउँबाट गलतरूपले आर्जन गर्ने छैन, सकभर कसैलाई आर्जन गर्न दिने पनि छैन ।’

आफ्नो लक्ष्य प्रदेश कसरी समृद्ध बनाउने, प्रदेशवासीको जीवनयापनमा सहजता कसरी बनाउने र उनीहरूको जीवनस्तर कसरी माथि उठाउने भन्ने मात्र रहेको उनले बताए। अरु क्षेत्र र जिल्लाभन्दा यो क्षेत्र आफ्नो लागि विशेष क्षेत्र भएको भन्दै मुख्यमन्त्री शाहले यस क्षेत्रका जनताको साथ सहयोग आफूले सधैँभरि उसै गरी चाहेको बताएका छन् । 

नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि माघ २६ गते प्रदेशको सबैभन्दा बढी संसद् सदस्य रहेको ठूलो दलको हैसियतले नेपाली कांग्रेसको संसदीय दलका नेता शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले करिब दुई तिहाइ बढी मतका साथ हिजो आइतबार मुख्यमन्त्री पदका लागि प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्  । त्रिपन्न सदस्यीय प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक प्रदेशसभा सदस्यले पक्षमा मत दिएका थिए । एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : २० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका