नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम | Khabarhub Khabarhub

नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका छन् । प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका हुन् । उनले रङको पर्व होलीले असत्यमाथि सत्यको अवश्यम्भावी विजय हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख परियारले विविध संस्कृतिको इन्द्रेणीका रूपमा रहेको नेपाली समाजमा होलीले आपसी सद्भाव, मेलमिलाप, बन्धुत्व, सहिष्णुता, आत्मीय भावनामा अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ गर्न सहयोग पुर्‍याएको बताएका छन् । 

होलीले समाजमा विकृत चिजको निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य एवं न्यायपूर्ण समाज निर्माण गर्न प्रेरणा देओस् भन्दै उनले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ४१ बजे

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची