विकासको मूल नै शिक्षा : अध्यक्ष लिङ्देन | Khabarhub Khabarhub

विकासको मूल नै शिक्षा : अध्यक्ष लिङ्देन


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै विकासको मूल नै शिक्षा भएको बताए । झापाको हल्दिबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको सिसी क्यामेरा एप्स उद्घाटन तथा खेलाडी सम्मान कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको विकास बिना हुने क्षेत्रको विकास सम्म्भव नभएको बताए।

“सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य छ”, झापा क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका उनले भने, “प्राविधिक, जीवनोपयोगी र स्वरोजगारमुखी शिक्षा वर्तमानको आवश्यकता हो ।” उनले भोलिको भविष्य आजको शिक्षाले निर्धारण गर्ने भएकाले शिक्षा क्षेत्रको समुचित विकास हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षा क्षेत्रको विकासमा शिक्षकको भूमिका महत्त्वपूर्ण भएको बताउँदै उनले भने, “शिक्षक भनेको महत्त्वपूर्ण पद हो, जसको हातमा देशको भाग्य र भविष्य हुन्छ ।” शिक्षकले कक्षा कोठामा किताबको पाना पल्टाउने मात्र नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिए ।

गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए। अबदेखि एप्सको माध्यमबाट अभिभावक, जनप्रतिनिधि र सारोकारवालाले अनलाइनबाटै विद्यालय अनुगमन गर्नेछन् ।

सिसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीले आफैँ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताए । गाउँपालिका हाताभित्र रहेका १७ सामुदायिक विद्यालयमा सिसी क्यामेरा जडान गरी सकिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १० : ५२ बजे

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची