वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन हुँदै « Khabarhub

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन हुँदै


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज-वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअनुसार कार्यसमितिका सदस्यको मनोनयन दर्ता गरिएको छ ।

मनोनयन दर्ता गराएकामध्ये वस्तुगत सङ्घतर्फबाट सदस्यमा हरि पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बालसुन्दर खरेलले जानकारी दिए । वस्तुगत सङ्घतर्फका सदस्यमा पन्तको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत खरेलले बताए। उद्योगतर्फ १३, वाणिज्यतर्फबाट १६, एशोसियट तर्फबाट छ र वस्तुगत तर्फबाट एक गरी सङ्घमा ३५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।

उद्योगतर्फ १८, वाणिज्यतर्फ २५, एशोसियटतर्फ आठ र वस्तुगततर्फ एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले जनाए । फागुन २४ गते मनोनयन फिर्ता दिने समय तोकिएको छ भने ३० गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ । कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताए ।

कार्य समिति सदस्य मध्येबाटै ११ पदाधिकारी चयन गर्ने व्यवस्था सङ्घको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : ५५ बजे

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको