चार ट्याङ्कर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निर्क्योल गर्न भारत पठाइने « Khabarhub

चार ट्याङ्कर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निर्क्योल गर्न भारत पठाइने


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असी हजार लिटर डिजेलमा मट्टितेल मिसावट पुष्टि भए पछि थप परीक्षणका लागि भारत पठाइने भएको छ।

नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि नमुना भारत पठाउने लागिएको हो।

गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाइएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको कुल ८० हजार लिटर डिजेलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौँको केन्द्रीय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजेलको नमुना परीक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणीकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निर्क्योल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १० : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै