लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह « Khabarhub

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गरेका छन् ।

उनले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिएका हुन्।

अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिएका छन् । अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्ने उनले बताएका छन्।

यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । यसवर्ष महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने अवधारणाका साथ दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १२ : १० बजे

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको