'बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ ' | Khabarhub Khabarhub

‘बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ ‘


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र उक्त बैठकले बृहत्तर हितबारे निर्णय लिने बताए। उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो १ बजे बैठक बोलाइएको छ । हामी सबै विकल्पमा खुला छौँ, पार्टीको बृहत्तर हितलाई ध्यान दिएर निर्णय गर्छौँ ।’

राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता श्रेष्ठले उल्लेख गरे। यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवास नेम्वाङ उम्मेदवार छन् । राप्रपाको फागुन १२ गतेको बैठकले राष्ट्रपतिको निर्वाचनमा प्रस्तावक र समर्थक दुवै नबस्ने भनेर निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ३ : ०० बजे

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।