पोल्याण्डद्वारा युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने घोषणा | Khabarhub Khabarhub

पोल्याण्डद्वारा युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने घोषणा


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले आज बताएको हो । युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्याङ्कहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ ।

युरोपेली सङ्घका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका रक्षामन्त्री मारिसाज ब्लासजाकले युक्रेनलाई प्रदान गरिने युद्ध ट्याङको मर्मतसम्भारका निम्ति आवश्यक व्यवस्था पनि युक्रेनमा नै गरिने जानकारी दिए ।

यसअघि पोल्याण्डले जर्मनीमा निर्मित चारवटा लियोपार्ड हेभी ट्याङ्क किएभलाई उपलव्ध गराएको थियो । पोल्याण्डका रक्षामन्त्रीले जर्मनीका आफ्ना समकक्षीसँग युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने सम्बन्धमा पनि स्टकहोममा छलफल गर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ४९ बजे

देशभर मौसम बदली, चार प्रदेशमा वर्षा

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर

बेलायती पाउण्ड १७० पुग्यो : शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल असार २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार तदनुसार

सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत