रोहनको फोटो पोष्ट गर्दै सन्दीपले भने- ‘मैदानभित्र प्रतिस्पर्धी मैदान बाहिर साथी’ « Khabarhub

रोहनको फोटो पोष्ट गर्दै सन्दीपले भने- ‘मैदानभित्र प्रतिस्पर्धी मैदान बाहिर साथी’


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले यूएईका क्रिकेट खेलाडी रोहन मुस्तफा र आफूबीच मनमुटाव नभएको स्पष्ट पारेका छन् ।

दुबईमा भएको यूएईविरुद्धको खेलको दौरान लामिछाने र यूएईका मुस्तफाबीच क्रिजमा नोकझोक भएको थियो । उक्त कुरा क्रिकेट समर्थकबीच ‘हट टपिक’ बनिरहेको बेला सन्दीपले फेसबुकमा फोटो पोष्ट गर्दै ‘मैदानभित्र प्रतिस्पर्धी मैदान बाहिर साथी’ लेखेका छन् ।

तस्बिर हेर्दा पनि उनीहरुबीच कुनै रिसराग नरहेको सौहार्दपूर्ण सम्वन्ध देखिन्छ । सन्दीप र मुस्तफा धेरै समयदेखि राम्रो साथी हुन् र उनीहरुले थुप्रै फ्रेन्चाइज लिगहरु सँगै खेलेका छन् । मुस्तफाले नेपालमा पनि टि–२० लिग थुप्रै खेलिसकेका छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : ०२ बजे

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका