अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु « Khabarhub

अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – चौथो अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता आजबाट अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।

अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष जीवनारायण कोइराला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन आज एक खेल भएको छ । रोयल खाचिकोट र इलाभेन ब्रदर्श डिभर्नाको विचमा भएको पहिलो खेलमा रोयल खाचिकोटले इलाभेन ब्रदर्श डिभर्नालाइ १६ रनले पराजित गरेको छ । खेलको म्यान अफ दि म्याच खाचिकोटका केशव गैरे बन्न सफल भए । उनले महवपूर्ण ३ विकेट लिएका थिए ।

स्थानीय खेलाडीहरूको प्रोत्साहन सहित दक्ष खेलाडीहरु उत्पादनको लागि आयोजना गरिएको प्रतियोगितामा चार टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : २७ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा