महिलामाथि हुने विभेद र हिंसा रोक्न सकिएन : कांग्रेस सभापति देउवा « Khabarhub

महिलामाथि हुने विभेद र हिंसा रोक्न सकिएन : कांग्रेस सभापति देउवा


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै उनले महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। ‘हिंसा, मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा, सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ,’ देउवाद्वारा जारी विज्ञप्तिमाम उल्लेख छ ।

‘म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी बहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिदै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिलाले आफ्नो प्राणको आहुती गरेको देउवाले स्मरण गरेका छन् । शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएको भन्दै हिंसा, लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको दउवाको भनाइ छ । महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्‍याउने उनले विश्वास लिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ५७ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप