सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचार गरिने | Khabarhub Khabarhub

सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचार गरिने


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन् । 

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । 

‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ उनले भने, ‘करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।’ 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ५९ बजे

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

धादिङ । साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत

काठमाडौंबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

काठमाडौं – प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी

एभरेष्ट महिला भलिबल काठमाडौंले गण्डकीलाई हरायो

काठमाडौं – जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौं स्पाइकर्सले

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

वासिङ्टन – ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले

उद्योगमन्त्री भण्डारीसँग विश्व व्यापार संगठन सचिवालयका प्रतिनिधिको भेट

काठमाडौं – विश्व व्यापार संगठनमा आगामी वर्ष गरिने नेपालको तेस्रो