ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख घिमिरे | Khabarhub Khabarhub

ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख घिमिरे


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरू उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन् । उनले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफूले पनि पहल गर्ने आश्वासन दिए । 

त्यस्तै उनले अहिले देशैभरबाट लघुवित्तीय संस्थामा भइरहेका विरोधका विषयमा केन्द्रीय सहकारी संघले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताए । विश्व लगायत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढंगले अघि बढाउनुपर्ने उनले बताए । सभामुख घिमिरेले सहकारीका नामबाट ठगी गर्ने प्रवृत्तिलाई केन्द्रीय सहकारी संघले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताए ।

सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण एवं आन्तरिकीकरण लगायतका विषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकीय प्रणालीमा एकरूपमा कायम गर्नका लागि गोष्ठीको आयोजना गरिएको केन्द्रीय सहकारी संघले जनाएको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  २ : ०४ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका