तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन् « Khabarhub

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो ।

दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउनुहुन्छ । यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन । सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन् । पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्नुहुन्छ ।

अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् । दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउनुहुन्छ ।

ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके । तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन । दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ०८ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा