साउदी अरबसँग सम्बन्ध सामान्यीकरण गर्न इरान तयार | Khabarhub Khabarhub

साउदी अरबसँग सम्बन्ध सामान्यीकरण गर्न इरान तयार


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी – रियादले मङ्गलबार सौहार्दपूर्ण वार्ताबारे सकारात्मक सङ्केत पठाएपछि इरानले साउदी अरबसँग द्विपक्षीय सम्बन्ध सामान्यीकरणका लागि थप वार्ताको स्वागत गरेको जनाएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ९एसएनएससी० सँग सम्बद्ध नूर न्यूजले एक ट्वीटमा भनेको छ, “इरान वार्ताको निरन्तरताको स्वागत गर्दछ र सम्झौतामा पुग्न तयार छ ।”

इरानी सञ्चारमाध्यमले भनेको छ, “साउदी अरबका विदेशमन्त्रीले इरानसँग पुनः वार्ताका लागि तयार रहेको घोषणा गर्नुभएको छ । पाँच चरणको वार्ताले चासोका विषयहरूलाई पूर्णरूपमा स्पष्ट पारेको छ ।”

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले मङ्गलबार लण्डनमा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरब इरानसँग वार्ताका लागि तयार रहेको बताउनुभएको थियो ।

साउदी अरबले सन् २०१६ को सुरुमा इरानस्थित साउदी कूटनीतिक नियोगमा एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । द्विपक्षीय सम्बन्ध सुधार गर्न र क्षेत्रीय तनाव कम गर्न इराकको मध्यस्थतामा सन् २०२१ मा इरान र साउदी अरबबीच चार चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो भने गत वर्ष अप्रिलमा पाँचौँ चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : २२ बजे

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान