‘तेरे नाम’का निर्देशक सतीश कौशकको निधन « Khabarhub

‘तेरे नाम’का निर्देशक सतीश कौशकको निधन


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।

शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्वीर उनले सामाजिक सञ्जालमा राखेका थिए ।

परिवारसँग होली खेलिरहेका उनले असहज महसुस गरे पछि फरटिज अस्पतालमा भर्ना गरिएको थियो, उनले राती सदाका लागि संसार छाडेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्म समीक्षक तरुण आर्दशले आफनो टविटरमा उनको निधन भएको जनाउँदै लेखेका छन्, ‘हृदय बिदारक !’

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको उल्लेख गरेका छन् ।  खेरले लेखेका छन्– ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् ।  सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ बाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ९ : ५९ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको