ज्येष्ठ नागरिकको लागी घरैमै पुगेर उपचार अभियान सुरू « Khabarhub

ज्येष्ठ नागरिकको लागी घरैमै पुगेर उपचार अभियान सुरू


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम–  तेह्रथुमको छथर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरैमा पुगेर सम्मानसहित उपचार अभियान सुरु गरेको छ । ११० वर्षीय टेकबहाद्र बस्नेतलाई सम्मानसहित घरैमा स्वास्थ्य उपचार गर्दै अभियान सुरु गरिएको हो । 

स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच र निःशुल्क औषधि प्रदान गरेका छन् । ‘गाउँपालिका नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरो उपचार’ भन्ने नाराका साथ अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले जानकारी दिए । 

गाउँपालिकाको ६ वटै वडाहरूमा स्वास्थ्यकर्मीहरू सहित जनप्रतिनिधिहरूको टोलीले स्वास्थ्य उपचार र औषधि वितरण सुरु गरेको छ  । पालिकामा रहेका ६० वर्षमाथिका दलित र ७० वर्ष माथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । 

स्वास्थ्य जागरण अभियानअन्तर्गत गाउँपालिकाले नागरिकहरूलाई घरदैलोसम्मान तथा उपचारका साथै गाउँपालिका साथी लोरौ उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता नेपालीले बताए । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ०१ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन